April 19th, 2018

साताको अन्तिम दिन पनि दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार अर्बमाथि

बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.५२ अंकको वृद्धिसँगै १३८८.५३ अंकमा पुगेको छ । व्यापारबाहेक सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः २४.८९, २१.३२, १६.५७, ४४.३९, ३.१३, ५१.२३, ७.९८, २९.६६ र १४.२६ अंकले बढेका छन् । व्यापार भने २.२ अंकले घटेको छ ।

कारोबार बुधबारको तुलनामा थोरै घटेको छ । बुधबार एक अर्ब १२ करोडको कारोबार भएको बजारमा विहीबार एक अर्ब ११ करोडको कारोबार भएको छ । दिनभरिमा १६८ वटा कम्पनीको २६ लाख ६३ हजार दुई सय ३१ कित्ता सेयर ११ हजार आठ सय ३० पटक खरिदविक्री हुँदा एक अर्ब ११ करोड ५४ लाख ५१ हजार छ सय ३० रुपैयाँको कारोबार भएको हो ।

कुल कारोबारमध्ये, चिलिमे हाइड्रोको सबैभन्दा धेरै चार करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको पनि झन्डै चार करोडको कारोबार भएको छ । सानिमा माई हाइड्रोको साढे तीन करोड तथा सानिमा बैंक र कुमारी बैंकको तीन करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, फस्र्ट माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९३ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आठ प्रतिशत तथा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । सानिमा माई हाइड्रो, प्राइम बैंक र कन्काई विकास बैंकका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

यता, सहयोगी विकास बैंक, मिथिला लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ७.२०, ५.७१ र ५.२७ प्रतिशतका दरले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, किसान माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, सप्तकोसी डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई लघुवित्त, तिनाउ विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।     


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]