April 7th, 2016

ह्याकरको निशानामा बैंक तथा वित्तीय क्षेत्रका वेबसाईट 

hackers]नेपालका बैंक र वित्तीय संस्थाहरु ह्याकरको निशानामा रहेको एक प्रतिवेदनले देखाएको छ । आईटी सेक्युरिटी कम्पनी रिगो टेक्नोलोजीले पहिलो पटक सार्वजानिक गरेको ’साईबर थ्रेट रिपोर्ट २०१५’ र ’इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५’ प्रतिवेदनअनुसार नेपालका बैंक तथा वित्तीय क्षेत्र पनि  साईबर ह्याकरको निशानामा रहेका छन् । सन् २०१५ भन्दा यो वर्ष साइबर आक्रमण २५ प्रतिशतले बढ्ने अनुमान सो प्रतिवेदनमा गरिएको छ ।

प्रतिवेदनमा जनाइएअनुसार बैंक तथा वित्तीय संस्थाका वेवसाईटमात्र नभएर सरकारी कार्यालयका वेवसाईट, सरकारी तथा गैह्रसरकारी संस्था र ठूला कर्पोरेट कम्पनीहरु समेत साइबर जोखीम रहेका छन् । प्रतिवेदनले कास्परस्की ल्याबको अध्ययनलाई आधार मानेर नेपालका लागि सन् २०१६ मा साइबर अपराधीहरु सक्रिय भएको वर्ष बन्न सफल भएको देखाएको छ । 

सन २०१५ मा मात्रै जिओभी डट एनपी, डट ओआरजी, इडियू डट एनपी र डटकम डट एनपी डोमेनमा बनेका ९ सय ५७ वटा वेबसाइट ह्याक भएका थिए । जबकी सन् २०१४ मा यसको संख्या ७ सय ७० थियो । यसको मतलब हो, ह्याकरको निशानामा अझै धेरै साइटहरु परिरहेका छन र बार्षिक रुपमा ह्याक भएका वेबसाईटको संख्या बढिरहेको छ ।  नेपालका वेबसाइटहरु वर्षमा कम्तिमा २ पटक ह्याक हुने गरेको प्रतिवेदनले देखाएको छ । गएको वर्ष अर्थात सन् २०१५ मा ८ वटा सरकारी वेबसाइट पटक–पटक ह्याक भएको प्रतिवेदनमा देखाईएको छ ।

यसअघि २०७१ साल मंसिरमा प्रहरीले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’ सहित टर्किस नागरिक मेहमत गुलेनलाई पक्राउ गरेको थियो । उनलाई एपेक्स बैंक र स्ट्यान्र्डड चार्टड बैंकको एटीएम बुथबाट पैसा झिकी ट्याक्सी चढ्दै गरेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । साईबर अपराधिहरुले एटिएम गोप्न नम्बर पत्ता लगाएर नक्कली कार्डको सहायताले रकम झिक्न बैंकको वेबसाईट ह्याक गर्ने गरेका छन् । त्यतिमात्र नभएर आन्तरीक कारोबार र सुचनाहरुका लागि समेत ह्याकरहरुले बैंक तथा वित्तीय संस्थाका वेबसाईट ह्याक गर्ने गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]