February 17th, 2016

चिनको अर्थतन्त्रले अमेरिकालाई क्षति, ओरालो लाग्दै विश्व अर्थतन्त्र

chinaचीनको व्यापार घट्यो
सन् २०१६ को जनवरी महीनामा चीनको व्यापारमा उच्च कमी आएको एक तथ्याङ्कले देखाएको छ । घरेलु तथा विश्वव्यापी मागमा आएको कमीका कारण गत महिनामा चीनको निर्यात र आयात दुवैमा कमी आएको भन्सार विभागद्धारा सार्वजनिक तथ्यांकले देखाएको हो । तथ्यांकका अनुसार, सो अवधिमा निर्यात ११ दशमलव २ प्रतिशत घटेर १ खर्ब ७७ अर्ब ५० करोड डलरमा आएको छ भने आयात पनि १८ दशमलव ८ प्रतिशत घटेर १ खर्ब १४ अर्ब २० करोड डलरमा ओर्लिएको www.businesssansar.com मा खबर छ ।

समाचार संस्था ब्लुमवर्गले गरेको सर्वेक्षणमा सहभागी अर्थ्विद्हरूले जनवरीमा निर्यात र आयात क्रमशः १ दशमलव ८ प्रतिशत र ३ दशमलव ६ प्रतिशत घट्ने अनुमान गरेका थिए । जनवरीमा व्यापारमा आएको उच्च कमीले विदेशी माग कमजोर बनेकोप्रति सङ्केत दिएको बताइएको छ । गतवर्ष चिनियाँ अर्थतन्त्र सन् १९९० यताकै कमजोर अर्थात् ६ दशमलव ९ प्रतिशत बढेको थियो र यो वर्ष अर्थतन्त्र थप सुस्ताउने अनुमान छ । 

साझेदार अर्थतन्त्र र वैदेशिक बजारमा आएको कमीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको व्यापारमा कमी आएको हुन सक्ने विश्लेषण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा आएको कमी र पूर्वाधारमा हुने लगानी सुस्ताउँदा चीनको आयात मूल्य प्रभावित बनेको हो । उता, बढ्दो श्रम लागतका साथै प्रतिद्वन्द्वी अर्थतन्त्रबीचको प्रतिस्पर्धामा भएको वृद्घिले चीनको निर्यात घटाएको हो । गत महीनाको चिनियाँ व्यापारिक तथ्याङ्क अर्थ्विद्ले अनुमान गरेभन्दा बढी रहेको बताइएको छ । पछिल्ला हप्तायता विश्व शेयर बजार ओरालो लाग्ने क्रमले तीव्रता पाएलगत्तै अर्थतन्त्रले पनि सुस्ती बेहोर्ने अनुमान गरिएको हो । 


us economyअमेरिकी अर्थतन्त्रको अवस्था नकारात्मक
पछिल्लो समय अमेरिकाको आर्थिक अवस्था त्यति राम्रो नरहेको केन्द्रीय बैङ्क फेडरल रिजर्भ (फेड) अध्यक्ष जानेट येलेनले चेतावनी दिएकी छन् । बैङ्कले गतवर्षको डिसेम्बरमा लामो समयदेखि करीब शून्यनजिक रहेको बैङ्कको ब्याजदर बढाएको थियो । यससँगै बैङ्कले अर्को ब्याजदर वृद्घि पनि तत्काल हुनसक्ने सङ्केतसमेत दिएको थियो । तर, अमेरिकी अर्थतन्त्रको अवस्था राम्रो नभएको अभिव्यक्ति दिँदै येलेनले सो सम्भावनामाथि पानी फेरिदिएकी छन् । अमेरिकी आर्थिक अवस्था वृद्घिका लागि त्यति उपयुक्त नरहेको उनले जानकारी दिएकी छन् । डिसेम्बरमा बैङ्कले ९ वर्षमा पहिलोपटक ब्याजदर बढाएर शून्य दशमलव २५ प्रतिशत पूरायाएको थियो ।

शेयरको भाउमा आएको कमी, कर्जादरमा भएको वृद्घि र डलरको भाउमा भएको थप वृद्घिका कारण अमेरिकी आर्थिक अवस्था वृद्घिका लागि त्यति सहयोगी भने नरहेको यलेनले बताएकी छन् । तैपनि आगामी वर्षमा आर्थिक गतिविधिले गति लिने र श्रम बजारमा पनि विस्तारका सङ्केतहरू आएको उनको भनाइ छ । चीनको मौद्रिक नीतिमा देखिएको अस्पष्टताले विश्व शेयर बजारमा आएको उथलपुथलमा इन्धनको काम गरेको उनले अगाडि थपिन् । चिनियाँ मुद्रा युआनको भाउमा आएको कमीले त्यहाँको विनिमय दरसम्बन्धी नीति र उसको आर्थिक सम्भावनाको अनिश्चयलाई थप गहिरो बनाएको उनले अगाडि बताइन् । 


सुस्तायो जापानी अर्थतन्त्र
सन् २०१५ को अन्तिम त्रैमासमा जापानी अर्थतन्त्र सुस्ताएको एक सरकारी तथ्याङ्कले देखाएको छ । गतवर्षको अक्टोबर–डिसेम्बर अवधिमा अघिल्लो त्रैमासको तुलनामा जापानी अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशत घटेको छ । सरकारको आर्थिक सुधार नीतिमाथि आर्थिक सुस्तीको तथ्याङ्क बाधक बन्न सक्ने अनुमान गरिएको छ । सो अवधिमा विश्लेषकहरूले भने अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको सङ्कुचन आउने अनुमान गरेका थिए । घरेलु मागमा आएको कमजोरीसँगै घरजग्गा व्यवसायमाथिको लगानीमा आएको कमीले आर्थिक सुस्तीमा योगदान दिएको विश्लेषण गरिएको छ । सन् २०१३ मा प्रधानन्त्री सिञ्जो आवेले चुनावमा जित हासिल गरेसँगै अर्थतन्त्र उकास्न आक्रामक मौद्रिक नीति ‘आवेनोमिक्स’ सार्वजनिक गरेका थिए । २ दशकभन्दा बढी समयसम्म अफस्फीति (डिफ्लेशन)को चपेटामा आएको जापानलाई बाहिर ल्याउनु र माग तथा लगानी बढाउनु नै यसको प्रमुख लक्ष्य रहेको थियो । यसबाहेक जापानी मुद्रा येनलाई कमजोर बनाएर निर्यात बढाउने पनि यसको लक्ष्य रहेको थियो । यद्यपि, आर्थिक वृद्घि उकास्नुचाहिँ यसको केन्द्रबिन्दु नै थियो । भविष्यको आर्थिक वृद्घि सुनिश्चित गर्न निर्यात बढाउन आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ । घरेलु मागमा समेत निर्भर जापानी अर्थतन्त्र बढ्दो वृद्ध जनसङ्ख्या र काम गरेर अर्थतन्त्रमा योगदान पु¥याउने मानिसको सङ्ख्यामा आएको कमीबाट मारमा परेको पाइएको छ । गतवर्षको तेस्रो त्रैमासमा प्राविधिक मन्दी छल्न सफल जापान विश्वव्यापी वित्तीय सङ्कटयता चारपटक मन्दीको चपेटामा आइसकेको छ । एजेन्सीको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]