August 21st, 2016

नब्बे करोड एन्ड्रोइड फोन खतरामा, ह्याकरको हातमा सफ्टवेर

android-phonesसफ्टवेयरमा पाइएका गडबडीका कारण करोडौं एण्ड्रोइड फोनको डाटा ह्याकरको हातमा जाने खतरा उत्पन्न भएको छ । सफ्टवेयरमा रहेका यी बग्सको खोज चेकप्वाइण्टका सोधकर्ताहरूले गरेका हुन् । तिनले अमेरिकी कम्पनी क्वालकमद्वारा निर्मित चिपसेट्समा आधारित सफ्टवेयरको परीक्षण गरिरहँदा यो समस्याको पत्ता लगाएका हुन् । कम्पनीका अनुसार विश्वभरका करीब ९० करोड फोनमा क्वालकमद्वारा निर्मित चिपसेट्सको प्रयोग भइरहेको छ । तर, हालसम्म साइबर ह्याकर तथा चोरहरूले यस कमजोरीको कुनै किसिमले फाइदा उठाएको कुनै प्रमाण भने हात नपरेको बताइएको छ । चेकप्वाइण्टसँग सम्बन्धित एक अधिकारी माइकल शाउलवले भने आउने ३ देखि ४ महीनाभित्रै साइबर ह्याकरहरूले यसको फाइदा उठाएर समस्यामा पार्न सक्ने सम्भावना रहेको जानकारी दिए ।

यो समस्याबाट प्रभावमा पर्न सक्ने फोनहरू ब्ल्याकबेरी प्रीव र डीटेक ५०, ब्ल्याकफोन वान र ब्ल्याकफोन टू, गूगल नेक्सस फाइभ एक्स, नेक्सस सिक्स र नेक्सस पी, एचटीसी वान वान, एचटीसी एम नाइन र एचटीसी टेन, एलजी जीफोर, एलजी जीफाइभ र एलजी भीटेन, मोटोरोलाका नयाँ न्यू मोटो एक्स, वनप्लस वान, वानप्लस टू र वानप्लस थ्री, सामसुङ ग्यालेक्सी एससेभेन र सामसुङ एस सेवेन एड्ज (अमेरिकी भर्जन), सामसुङ एस सेवेन एज, सोनी एक्सपेरिया जेड अल्ट्रा रहेका छन् । दिइएको जानकारी अनुसार यी समस्या फोनमा ग्राफिक्ससँग सम्बन्धित सफ्टवेयर र फोनको भित्री प्रक्रियाबीचको कम्युनिकेशन चलाउने कोडहरूमा पाइएका छन् । (एजेन्सी)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]