August 9th, 2016

प्रभावकारी बन्दै कृषि विकास बैंकको पशुधन बीमा कार्यक्रम : एक वर्षमा सोलुखुम्बुका सय बढी सहभागी

animalकृषि विकास बैंकद्धारा हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालित पशुधन सुरक्षण बीमा कार्यक्रममा ४ समुहले गत बर्ष १ सय २३ पशुधनको ५४ लाख ३७ हजार मुल्यको पशुधनको विमा गराएका छन् । अघिल्लो आर्थिक वर्ष २०७२/७३ देखि सञ्चालनमा आएको सो कार्यक्रममा ५ जनाभन्दा बढी सदस्य रहेका ४ वटा समूहले सो बीमा गराएका हुन् । समुहमा वा सहकारी मार्फत संचालन हुने यस कार्यक्रममा कुल पशुधन मुल्यको ५ प्रतिशत विमा प्रिमियम हुने छ भने सो प्रिमियमको २५ प्रतिशतमात्र कृषकको तर्फबाट बुझाउनु पर्ने छ । बाँकी प्रिमियमको ७५ प्रतिशत नेपाल सरकारवाट प्रप्त रकम कृषि विकास बैंकले कृषकलाई उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रममा कृषकको तर्फवाट बुझाएको प्रिमियम रकम ६७ हजार ९ सय ६६ रुपैयाँ ५९ पैसा र नेपाल सरकारवाट प्राप्त रकम २ लाख ३ हजार ८ सय ९९ रुपैयाँ ५० पैसा गरी २ लाख ७१ हजार ८ सय ६६ रुपैयाँ किसानहरुको खातामा जम्मा रहेको छ । कृषि विकास बैंकले सञ्चालन गरिरहेको यस कार्यक्रम अन्तर्गत पशुधनको क्षती वा मृत्यु नभएमा पनि सो रकम कृषकहरुको नै खातामा रहने गर्दछ । निर्जीवन बीमा कम्पनीबाट भएको बीमाभन्दा यो कार्यक्रमबाछ कृषकहरुलाई दोहोरो फाइदा हुने दाबी कृषि विकास बैंकको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]