July 23rd, 2016

इन्टरनेटको पहुँचमा १ करोड २८ लाख नेपाली

Mobile communications and social networking conceptनेपालमा इन्टरनेट चलाउनेको संख्या १ करोड नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत फाल्गुन मसान्तसम्ममा नेपालमा इन्टरनेट चलाउने कुल ग्राहक १ करोड २८ लाख १९ हजार पुगेका छन् । यसमध्ये पनि मोबाइलमा डाटाबाटै इन्टरनेट चलाउनेको संख्या मात्रै १ करोड २२ लाख ९५ हजार रहेका छन्, जुन कुल इन्टरनेट प्रयोगकर्ताको ९५.९१ प्रतिशत हो । 

पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या करीव २० लाखले बढेको देखिन्छ । २०७१ फागुन महिनामा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या १ करोड २ लाख ३३ हजार रहेकोमा २०७२ फागुन महिनामा यो संख्या बढेर १ करोड २२ लाख ९५ हजार पुगेको हो ।

मोबाइलबाट इन्टरनेट चलाउनेमध्ये पनि सबैभन्दा बढी ग्राहक नेपाल टेलिकमका छन् । प्राधिकरणका अनुसार टेलिकमका ६९ लाख ११ हजार, एनसेलका ५२ लाख ८३ हजार र स्मार्ट टेलिकमका १ लाख १ हजार ग्राहक छन् ।

नेपालमा एनसेल, नेपाल टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एटिएम टेलिकम सञ्चार, अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले ८ प्रकारको इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । फागुन मसान्तसम्म नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले उपलब्ध गराउँदै आएको डायलअप इन्टरनेट सेवाका ग्राहक ९ हजार ४ सय ४३ रहेका छन् । जबकी अघिल्लो फागनु मसान्तमा यो संख्या १० हजार ४ सय ५४ रहेको थियो । डायलअपका ग्राहकहरु पछिल्लो समय घटिरहेको तथ्यांकले देखाउँछ । वायरेलस मोडियम अप्टिकल फाइबर इथरनेटका ग्राहक ४७ हजार, केवल मोडियमका ८४ हजार, एडीएसलका १ लाख ६८ हजार, सिडिएमए इभिडियोका १ लाख ९९ हजार, वाइम्याक्सका साढे १४ हजार, भिस्याट बेष्ड इन्टरनेटका १३ जना ग्राहक छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]