July 19th, 2016

अनलाइन एकाउण्ट ह्याक भइरहन्छ ? यस्तो पासवर्ड राख्नुहोस्

hackingकम्प्युटर तथा आफ्ना अनलाइन एकाउण्टमा पासवर्ड चयन गर्न धेरैलाई कठिन लाग्छ । त्यसमा पनि सुरक्षित पासवर्डको छनोट गर्नु त झनै चुनौतीपूर्ण हुन्छ । सुरक्षित पासवर्ड नराख्दा अन्य व्यक्तिले आफ्ना एकाउण्ट प्रयोग गर्न सक्छन् । त्यसले गोपनीयतामा ठूलै समस्या पर्ने सम्भावना हुन्छ । गलत व्यक्तिले आफ्नो एकाउण्टमा पहुँच बनाए भने विभिन्न समस्या तथा नोक्सानीसमेत बेहोर्नुपर्ने हुन्छ । त्यसैले, यस्तै सुरक्षित पासवर्डको चयनका यहाँ केही उपाय दिइएको छ ः

८ देखि १५ अक्षर
सकेसम्म ८ देखि १५ अक्षरका पासवर्डको प्रयोग गर्नुपर्छ । यस्ता पासवर्डमा आफ्नो थर, जन्ममिति, फोन नम्बरलगायत व्यक्तिगत विवरणको प्रयोग पनि नगर्नुहोस् ।

पासवर्ड अपडेट
कम्तीमा पनि ३ महीनामा आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् । सबै साइटका लागि एउटै पासवर्डको प्रयोग पनि नगर्नुहोस् । ब्राउजरमा आफ्नो पासवर्ड सेभ गर्नुहुन्छ भने यस्तो बानी तत्काल हटाउनुहोस् । किनभने, ब्राउजर सेटिङको माध्यमबाट सेभ गरिएका पासवर्ड सजिलै पत्ता लगाउन सकिन्छ । 

एचटीटीपीएसको प्रयोग
वेबसाइटलगायतमा एक्सेस गर्दा थप सुरक्षार्थ एड्रेस बारमा एचटीटीपीका स्थानमा एचटीटीपीएसको प्रयोग गर्नुहोस् ।

लेखेर राख्ने बानी त्याग्नुहोस्
सम्झनाका लागि आफ्नो ईमेल ड्राफ्ट वा वर्ड डक्युमेण्टमा आफ्नो पासवर्ड कहिल्यै लेखेर नराखौं । तपाईंको कम्प्युटरमा केही समयका लागि मात्र बसेका व्यक्तिले समेत तिनको प्रयोग गरी पासवर्ड परिवर्तन गर्न सक्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]