July 9th, 2016

मोबाइलको प्याटर्न वा पिन नम्बर भुल्नुभो ? अब यसो गर्नुस्

lockआजभोली स्मार्टफोनको प्रयोगकर्ता बढ्दै गएका छन् । आफ्नो मोबाइललाई सुरक्षित राख्न यस्ता स्मार्टफोनहरुमा विभिन्न प्रकारका सेक्युरिटी लकहरुको सुविधा हुन्छ । तर, कहिलेकाहीँ आफैँले लागेको पिन लक या प्याटर्न लक आफैँले बिर्सिँदा धेरैलाई समस्या भएको हुनसक्छ । विशेषगरी लामो समयसम्म एउटै प्याटन लक तथा एउटै पिन नम्बर राखेर पिन तथा प्याटन परिवर्तन गर्दा भुलिने सम्भावना हुन्छ । फेरि पटकपटक गलत नम्बर या प्याटर्न हान्दा फोन नै ब्लक भइदिने अर्को खतरा हुन्छ । यस्तो समस्याबाट मुक्त हुने कुनै उपाय नै छैन त ? पक्कै छ । हेर्नुस्, प्याटर्न तथा पिन नम्बर बिर्सिँदा के गर्ने ?

सबैभन्दा सजिलो उपाय फेक्ट्री रिसेट हो । तर, फेक्ट्री रिसेट गर्दा मोबाइलमा राखिएका अन्य डाटा पनि उड्ने समस्या हुन्छ । डाटाको सुरक्षा गर्नुपर्ने अवस्था छ भने तपाईंले फेक्ट्री रिसेटको विकल्प रोज्नुपर्ने हुन्छ । फेक्ट्री रिसेट गर्न नसकेको अवस्थामा तपाईंले एन्ड्रोइड डिवाइस मेनेजरको प्रयोग गर्न सक्नुहुनेछ । स्मार्टफोनमा तपाईंले गुगल एकाउन्ट लग इन गर्नुभएको छ भने त्यसको मद्दतले एन्ड्रोइड डिवाइसको व्यवस्थापन गर्न सक्नुहुनेछ ।
 
स्क्रीनमा देखिने ‘लक’ बटनमा थिच्नुहोस् त्यसपछि तपाईंका लागि नयाँ पासवर्ड राख्ने विकल्प देखिनेछ । त्यसपछि नयाँ पासवर्ड हान्नुहोस् । पाँच मिनेटपछि तपाईंको मोवाइल खुल्नेछ । 

यदी तपाईंले प्याटन लकको प्रयोग गर्नुभएको छ भने एन्ड्रोइड डिवाइसमा ‘फरगेट प्याटन’ को एक विकल्प हुन्छ । पाँच पटक गलत प्याटनको प्रयोग गर्नुभयो भने ‘ट्राइ अगेन इन ३० मिनेट’ लेखेको देख्नुहुनेछ । यस समयमा पनि तलतिर ‘फरगट प्याटन’ लेखिएको पनि देखिने छ । त्यसलाई क्लिक गर्नुहोस र आफ्नो गुगल एकाउन्टको डिटेल इन्ट्रि गर्नुहोस् ।

सेफ मोडमा रहेको स्मार्टफोनलाई बुट गर्दा पनि लक भएको स्क्रिन खुल्न सक्छ । यस्तो काम त्यो बेला हुनेछ जतिखेर तपाईले स्क्रिन लक गर्नका लागि कुनै एपको डाउनलोड गर्नुभएको हुन्छ । लक भएको आफ्नो मोवाइललाई सेफ मोडमा बुट गर्दा राम्ररी खुल्छ । जब स्क्रिनमा अन–अफ गर्नका लागि बटन दबाइन्छ तब ‘के तपाईं स्मार्टफोनलाई सेफ मोर्डमा बुट गर्न चाहानुहुन्छ ?’ भन्ने प्रश्न आउँछ तपाईंले ओके गरेपछि बुट हुनेछ । त्यसपछि स्क्रिनको लक गर्ने एप केही बेरका लागि डिसेबल हुन्छ । त्यसलाई एकपटक अनस्टल गरी फोनलाई अफ गरेर अन गर्नुहोस् ।

तपाईंसँग सेमसुङको स्मार्टफोन भएमा ‘फ्लाइड माई मोवाइल’ नामको सर्भिस देखिनेछ । यदी तपाईंले सेमसुङ एकाउन्ट सेटअप गर्नुभएको छ भने तपाईंले कुनै ब्राउजरबाट उक्त एकाउन्टलाई लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि बायाँ तर्फ ‘लक माई स्क्रिन’ देखिनेछ । त्यहाँ तपाईंले नयाँ पिन राख्नुपर्ने हुन्छ । त्यसपछि ‘लक’ लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसको दुई तीन मिनेटमा तपाईको स्क्रिनको पासवर्ड परिवर्तन हुने छ र आफ्नो डिवाइसले काम गर्न सक्छ । तर, तपाईंले सेमसुङ एकाउन्ट बनाउनुभएको छैन भने यसले काम गर्दैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]