July 3rd, 2016

यसरी निर्धारण हुन्छ ‘एफपीओको मूल्य’

fpo1धितोपत्र निष्कासन निर्देशिका २०६५ को दफा ९ मा नयाँ निष्कासन (फर्दर पब्लिक इस्यू) सम्बन्धी व्यवस्था गरिएको छ । यस दफा अनुसार एफपीओ निष्कासन गर्न चाहने संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नयाँ निष्कासन गर्न सकिने स्पष्ट व्यवस्था हुनुपर्ने छ । एफपीओ निष्काशन भएपछि पुँजी संरचना तथा सञ्चालक समितिमा हुने परिवर्तनसम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा स्पष्ट व्यवस्था हुनुपर्नेछ । एफपीओ जारी गर्न सञ्चालक समिति तथा साधारण सभाको निर्णय तथा विगत पाँच वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण आवश्यक पर्नेछ । 
 
यसैगरी, दफा ११ मा प्रिमियममा धितोपत्र निष्कासन गर्ने प्रावधान राखिएको छ । यस दफामा साधारण सेयर प्रिमियममा निष्कासन गर्ने संस्थाले कानुनले तोकेका सर्त पूरा हुनुपर्नेछ भनी उल्लेख गरिएको छ । प्रिमियममा जारी गर्न चाहेको सेयरको मूल्य गणना विधि र आधार उल्लेख गर्नुपर्नेछ । यी आधारसहित धितोपत्र बोर्डमा निवेदन दिएपछि बोर्डले अध्ययन गरी उपयुक्त देखिएमा प्रिमियममा धितोपत्र निष्काशन गर्न अनुमति प्रदान गर्ने निर्देशिकामा उल्लेख छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]