June 15th, 2016

बिमाको ४ दशक लामो इतिहास : किन समेटिएनन् ९३ प्रतिशत नेपाली ? 

insuranceनेपालमा बिमाको इतिहास करिब ४ दशक पुरानो भइसकेको छ । यद्यपि बिमा गर्नेको संख्या र यसको पहुँच विस्तारको अवस्था अझै पनि दयनिय रहेको छ । हालसम्म नेपालको कुल जनसंख्याको ७ प्रतिशत जनसंख्या मात्रै बिमाको दायरामा आएको तथ्यांक छ । बिशेषतः बिमकहरु सहर तथा सुगमकेन्द्रित हुँदा ग्रामीण तथा दुर्गम भेगका जनताले चाहेर पनि बिमाको सुविधा प्राप्त गर्न सकेका छैनन् । कतिपयलाई त बिमा के हो र यो किन गर्ने भन्ने कुराको सामान्य जानकारी समेत छैन । भुकम्पपछि भने बिमा गर्नेको संख्या बढ्ने अनुमान गरिएको छ । भुकम्पले पुर्याएको क्षतिका कारण मानिसहरु अब आफ्नो ज्यान र सम्पत्तिको सुरक्षणको विषयलाई लिएर सचेत हुने अपेक्षा गरिएको छ । बिमा गर्नेहरुले भुकम्पपछि क्षतिपूर्ति पाएको देखेपछि बिमा नगर्नेहरु पनि यसप्रति आकर्षित हुनेमा बिमकहरु आशावादी छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]