June 7th, 2016

फेसबुकका मालिकको ट्विटर एकाउन्ट ह्याक !

zuckerbergपछिल्लो समय ह्याकरहरुको समूह विश्वव्यापी रुपमा नै सक्रिय भइरहेको छ । बैँकहरुबाट पैसा चोरी गर्ने, ठूला कम्पनि तथा व्यक्तिको सामाजिक सञ्जाल ह्याक गरी महत्वपूर्ण जानकारी चोरी गर्ने लगायतका अपराध दिनानुदिन बढ्दै गइरहेको पाइएको छ । 

ह्याकरहरुले विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जालका सीईओको एकाउण्ट समेत ह्याक गरेका छन् । फेसबुकका सहसंस्थापक तथा सीईओ मार्क जुकरबर्गको ट्विटर र पिण्टेरेट एकाउण्ट ह्याक भएको हो । सन् २०१३ मा ह्याकरहरुबाट लाखौँ मानिसका लिंक्ड इन एकाउण्ट ह्याक गरिएको थियो । यसरी ह्याक भएका एकाउण्टमध्येको एक मार्क जुकरबर्गको एकाउण्ट पनि रहेको खुलासा भएको छ । सोही एकाउण्टको माध्यमबाट ह्याकरहरुले ट्विटर, इन्स्टाग्राम र पिण्टेरेट एकाउण्ट पनि ह्याक गरिएको बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]