June 5th, 2016

बीमा कम्पनीले सामूहिक लगानी कोष सञ्चालन  गर्ने 

jointधितोपत्र बोर्डले बीमा कम्पनीहरूलाई सामूहिक लगानी कोष सञ्चालन गर्ने विषयमा प्रस्ताव प्रस्तुत गर्न भनेपछि अब बीमा कम्पनीहरूले पनि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न बाटो खुलेको छ । बीमा कम्पनीहरूसँग जम्मा भएको फण्डको प्रयोग बजारको विकासका लागि हुन सक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। बीमा कम्पनीसँग लामो समयदेखि विभिन्न कोषमा पर्याप्त  रकम जम्मा भएकाले त्यसको परिचालनका लागि यस्तो बाटो खुला गरिएको बोर्डले बताएको छ । धितोपत्र बोर्डका अनुसार  ‘यस विषयमा बीमकहरूले पनि चासो देखाएका छन्, र यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली २०६७ संशोधन गरेरै बीमा कम्पनीलाई लगानीको व्यवस्था गर्न लागेको छ । नियमावली अनुसार हाल बैङ्क तथा वित्तीय कारोबार गर्न सङ्गठित रूपमा स्थापना  संस्थाले मात्रै सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । राष्ट्र बंैकले पनि यो सुविधा वाणिज्य बैंकलाई मात्र दिएको छ । अन्य विकास बैंक र वित्त कम्पनीले भने सामूहिक लगानी कोष सञ्चालन गर्न पाउँदैनन् । तर, धितोपत्र बोर्डको योजना सफल भएमा बीमा कम्पनीले समेत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]