June 3rd, 2016

मनी लाउण्डरिङमा मुछिएपछि सिंगापूरको बिएसआई बैँक बन्द गर्न निर्देशन

masमनी लाउण्डरिंगमा मुछिएपछि स्वीस बैँक बिएसआई एसएको ११ वर्षदेखि सञ्चालित शाखा बन्द हुने भएको छ । बैँकको शाखा बन्द गर्न सिंगापुरको केन्द्रिय बैंक(मास)ले एक साताअघि निर्देशन दिएको हो । मलेसियाका प्रधानमन्त्रीसमेत विवादमा तानिएको वान मलेसिया डेभलपमेन्ट बिएचडिको बिएसआई बैंकमार्फत भएको वित्तीय कारोवार शंकास्पद पाइएपछि सिंगापुरको केन्द्रिय बैंकले शाखा बन्द गर्न निर्देशन दिएको हो । 

केन्द्रिय बैंकले एन्टि मनी लाउण्ड्रिङ सम्वन्धी कानुनको ४१ पटक उल्लंघन गरेको पाइएपछि यो शाखालाई एक करोड १३ लाख सिंगापुर डलरको जरिवाना समेत गरेको छ । उच्च जोखिम भएका ग्राहकको ड्यु डिलिजेन्स नगरेको तथा शंकास्पद कारोवारको अनुगमन नगरेको आरोप पनि बैंकलाई लगाइएको छ । सिंगापुरको वित्तीय क्षेत्रमा बिएसआई बैंकको सञ्चालन स्थिति सबैभन्दा खराव पाइएको छ र गम्भीर त्रुटीहरु समेत फोला परेको बताइएको छ । 

मासले यो बैंकमाथि सन् २०११ यताको कारोवारमा छानविन गरिरहेको थियो भने सन् २०१५ मा मासले बैंकको शाखामै पुगेर विस्तृत अनुगमन गरेको थियो । यो अनुगमनमा एन्टि मनी लाउण्डरिङ कानुनका कयैं दफा पालना नगरेको पाइएको थियो । 

दुई सय कर्मचारी भएको बिएसआई बैंकले मलेसियाको सरकार नियन्त्रित फर्मको चार अर्व अमेरिकी डलर बराबरको फण्ड व्यवस्थापन गर्दै आएको छ । बिएसआईले मलेसियाका टाइकुन लो तायक जोको फण्ड पनि व्यवस्थापन गर्दै आएको थियो । तोसँग सम्वन्धि थुप्रै पूर्व कर्मचारीमाथि सिंगापुरको कमर्सियल अफेयर्स विभागले पनि अनुसन्धान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]