September 16th, 2018

तीन वित्तीय संस्थाले गरे लाभांश घोषणा

बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाको भदौ ३० गरे बसेको २१८औँ संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको संचित मुनाफा र गत वर्षको सेयर प्रिमियर रकमबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले भने यसपटक नगद लाभांश मात्रै दिने भएको छ । बैंकको भदौ ३१ गते आइतबार सम्पन्न २१३औँ संचालक समितिको बैठकले चुक्तापुँजीको १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार पाँच सय ७५ रुपैयाँ ७५ पैसा (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको ४५ प्रतिशत लाभांश वितरण गर्ने  भएको छ । लघुवित्तको भदौ ३१ गते आइतबार बसेको संचालक समितिको ११६औँ बैठकले ४२.७५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सम्बन्धित बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]