August 20th, 2018

८.२२ अंकको गिरावटसँगै ११८८.०७ अंकमा सेयर बजार

बैंकिङ खबर । सोमबार सेयर बजार ८.२२ अंकले घटेर ११८८.०७ अंकमा कायम भएको छ । उत्पादनमूलक समूह ११.१५ अंकले बढे पनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ५.४२, ५.१७, १३.१२, २३.६३, २.६९, ५९.७४, ४.६८, ११.६९ र ७५.२ अंकले घटेका छन् ।

दिनभरिमा १६० वटा कम्पनीको छ लाख तीन हजार एक सय दुई कित्ता सेयर तीन हजार छ सय २८ पटक खरिदविक्री हुँदा २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको एक करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, चिलिमे हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, बोटलर्स नेपाल, ग्लोबल आईएमई बैंक, सेञ्चुरी बैंक प्रोमोटर, प्राइम लाइफ इन्स्योरेन्स र प्राइम बैंक छन् ।

२३ कम्पनीका सेयरधनीले कमाएा  छन् । सबैभन्दा धेरै वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले ५.२६ प्रतिशतले कमाएका छन् । जेविल्स फाइनान्स, महुली सामुदायिक ल घुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, युनिलिभर नेपाल, ग्लोबल आईएमई बैंक, सूर्योदय लघुवित्त, कन्काई विकास बैंक, अपि पावर कम्पनी, डिप्रास्क लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका  छन् ।

यता, सिन्धु विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रो र छ्याङ्दी हाइड्रोका सेयरधनीले क्रमशः ९.३७, ७.५१, ७.४०, ६.३० र ५.५५ प्रतिशतका दरले गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, कर्पोरेड डेभलपमेन्ट बैंक, एनआईसी एशिया ग्रोथ फण्ड, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]