August 20th, 2018

ऋण असुली न्यायाधीकरणमा यो साता १५ मुद्धाको सुनुवाई हुँदै

बैंकिङ खबर । ऋण असुली न्यायाधीकरणमा यो हप्ता १३ वटा मुद्धाको सुनुवाई हुने भएको छ । भदौ ४ गते सोमबार चार वटा मुद्धामा सुनुवाई हुने ऋण असुली न्यायाधीकरणको कार्यालयले जनाएको छ । सोमबारको पहिलो सुनुवाइमा मुद्धा नं ७७५ को राष्ट्रिय वाणिज्य बैंक लि. वादी र महालक्ष्मी सुगर मिल प्रतिवादी रहेका छन् । सोमबार नै पेशी तोकीएको दोस्रो मुद्धा मुद्धा नं.९९३ को पनि सुनुवाई हुँदैछ, जसमा पनि राष्ट्रिय वाणिज्य बैंक लि.वादी रहेका छ भने प्रतिवादीमा पनि महालक्ष्मी सुगर मिल रहेको छ । सोमबारका लागि नै मुद्धा नं. १०१/०७४/७२  को पनि सुनुवाइ हुँदै छ । उक्त मुद्धमा एनसिसि बैंक लि. वादी तथा राम बहादुर शाह प्रतिवादीमा रहेको छन् । त्यस्तै सोमबारको लागी नै  पेशी तोमिएको चौथौ पनि मुद्धामा पनि राम बहादुर शाह प्रतिवादी र एनसिसि बैंक लि. वादी रहेका छन् ।

२०७५ भदौ ५ गते मंगलबारका लागि ३ वटा मुद्धाको पेशी तोकिएको छ । सोमबारको लागि पेशी तोकिएको मुद्धाहरु क्रमश मुदा नं. १०१/०६९/२७५, मुदा नं. १०१/०७१/२७४ र मुदा नं. १०१/०७३/१०१ रहेका छन् । उक्त मुद्धाहरुको वादीमा क्रमशः माछापूच्छ्रे बैक, र मआलक्ष्मी विकास बैक रहेका छन् भने प्रतिवादीमा क्रमशः रविन्द्र प्रसाद प्रधान, प्रकाश बहादुर श्रेष्ठ, र त्रिसन्ध्या खाद्य उद्योग प्रा.लि.रहेका छन् ।

२०७५ भदौ ६ गते बुधबार पनि ४ वटा मुद्धाको सुनुवाई हुँदैछ । बुधबारको लागि पेशी तोकिएका मुद्धाहरु क्रमशः मुदा नं. १०१/०७१२७२, मुदा नं. १०१/०७३/०३, मुदा नं. १०१/०७४/७४ र मुदा नं. १०१/०७४/९० रहेका छन् । उक्त मुद्धाहरुको वादीमा क्रमशः  एनएमबी बैंक लि.,सन्राइज बैंक लि., एन सी सी बैंक लि. र एन सी सी बैंक लि. रहेका छन् भने प्रतिवादीमा क्रमशः महिला जनउत्थान दुध उत्पादन सहकारी संस्था, एच ए कन्ट्रक्सन कं. प्रा.लि., राम बहादुर शाह र राम शाह बहुमुखी ब्यापार रहेका छन् ।

२०७५ भदौ ७ गते बिहिबार ४ वटा मुद्धाको सुनुवाई हुँदैछ । विहीबारको लागि पेशी तोकिएका मुद्धाहरु क्रमशः मुदा नं. १०१/०७३/१५ मुदा नं. १०१/०७३/४७ मुदा नं. १०१/०७४/१६ र मुदा नं. र १०१/०७४/५८  रहेका छन् । यी मुद्धाहरुका वादीमा क्रमशः एनएमबी बैंक लि., प्रभु बैंक लि. र आई सी एफ सी फाइनान्स लि. रहेका छन् । त्यस्तै प्रतिवादीमा क्रमशः अम्लेश्वर सेन्ट वासिङ्ग उद्योग, प्रमेश्वर कुमार शाह, नवराज खतिवडा र दिपक कुमार श्रेष्ठ  रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]