August 20th, 2018

सिद्धार्थ बैंक, मेगा बैंक र नविल बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । तीन वटा वाणिज्य बैंकमा जागीर खुलेको छ । सिद्धार्थ बैंक, मेगा बैंक र नविल बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको हो । 

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडमा ९८ जनाका लागि रोजगारी खुलेको छ । बैंकले मेनेजर लेभलको एक जना, अफिसर लेभलको २३ जना र एसिस्टेन्ट लेभलका ७४ जना कर्मचारी मागेको हो । बैंकले काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको छ । एप्लाई गर्ने म्याद भदौ ६ गतेसम्म रहेको छ । 
पूरा भ्याकेन्सी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/14/mega-career-opportunities-8th-august-2018

आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/applications/detail/14/mega-career-opportunities-8th-august-2018

नविल बैंक लिमिटेड
नविल बैंक लिमिटेडमा १०० जनाका लागि रोजगारी खुलेको छ । बैंकले विभिन्न १० जिल्लाका १० गाउँपालिकाका लागि एक सय जना प्रशिक्षार्थी कामदार (ट्रेनी) माग गरेको हो । 

अछाम जिल्लाको तुर्माखाँद र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर, बझाङको वित्ताडचिर, डडेलधुराको अलिताल, डोटिको सयाल, जुम्लाको तिला, कालिकोटको पाचलझरना र पालता, सुर्खेतको बराह ताल, सल्यानको दर्मा, रुपन्देहीको साम्मरीमाइ गाउँपालिकाका लागि कर्मचारी माग गरिएको छ । स्थानीय स्तरका आवेदकलाई प्राथमिकता दिने बताइएको छ । 

प्लस टु पास गरेका र २५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जागीरका लागि एप्लाई गर्न सक्नेछन् । आवेदन दिने म्याद भदौ ६ गतेसम्म रहेको छ । आवेदन मेरो जब डट कमबाट दिनुपर्नेछ ।  

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले विभिन्न सात पदका लागि ११ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद २४ अगष्टसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]