August 14th, 2018

नेप्सेले प्रस्ताव गरेको शुल्कलाई सच्याउदै : नेपाल धितोपत्र बोर्डले जारी गर्यो सुचिकरण शुल्क ।

 बैकिङ खबर। नेपाल धितोपत्र बोर्डले साउन १ गते देखी लागु गरको धितोपत्र विनीयमावली अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लिने सूचीकरण तथा वार्षिक शुल्क निर्धारण गरेको छ । यसअघी साउन १ गते नै बोर्ड लागु गरेको सुचिकरण शुल्कलाई नेप्सेले अस्विकार गरेको थियो । नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी हुने कम्पनीको सूचीकरण शुल्क ०.१५ र ५० करोड माथिको ०.१ प्रतिशत प्रस्ताव गरेको थियो । तर बोर्ड नेप्सेले प्रस्ताव गरेका भन्दा घटाएर शुल्क निर्धारण गरेको हो । 

बोर्डले चुक्तापुँजी ५० करोड रुपैयाँ भन्दा माथि भएका कम्पनीले सूचीकरण शुल्क ०.०५ प्रतिशत वा न्युनतम २ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । भने वार्षिक शुल्क १ लाख रुपैयाँ निर्धारण गरेको छ ।त्यस्तै ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीले सूचीकरण शुल्क ०.१ प्रतिशत वा न्यूनतम १ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । भने वार्षिक शुल्क ५० हजार रुपैयाँ निर्धारण गरेको छ । 

यस्तै बोर्डले डिबेन्चर, एकाँक बचत वा समूहगत बचत सूचीकरण अन्तर्गत ५० करोड रुपैयाँसम्म निष्कासन रकममा सूचीकरण शुल्क ६० हजार निर्धारण गरेको छ । भने वार्षिक शुल्क २५ हजार निर्धारण गरेको छ । ५० करोड रुपैयाँ भन्दा बढीको निष्कासन रकम रहेको छ भने सूचीकरण शुल्क १ लाख लाग्ने ब्यवस्था बोर्डले गरेको छ र वार्षिक शुल्क ५० हजार रुपैयाँ तय गरेको छ । सुचिकरण गर्नको लागी सूचीकरण निवेदन दस्तुर १५ हजार र समयमा नविकरण शुल्क नबुझाउने कम्पनीले वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने ब्यवस्था पनि बोर्डले गरेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]