August 13th, 2018

ऋण असुली न्यायाधीकरणमा यो हप्ता १३ मुद्धाको सुनुवाई

बैंकिङ खबर । ऋण असुली न्यायाधीकरणमा यो हप्ता १३ वटा मुद्धाको सुनुवाई हुने भएको छ । श्रावण २८ गते सोमबार  तीन वटा मुद्धामा सुनुवाई हुने ऋण असुली न्यायाधीकरणको कार्यालयले जनाएको छ । 

सोमबारको पहिलो सुनुवाइमा मुद्धा नं १३६९ को नेपाल श्रीलंका मर्चेन्ट एण्ड फाइनान्स वादी र चितवन फुड प्रोडक्सन प्रतिवादी रहेका छन् । सोमबार नै पेशी तोकीएको दोस्रो मुद्धा मुद्धा नं. १३७० को पनि सुनुवाई हुँदैछ, जसमा नेपाल श्रीलंका मर्चेन्ट एण्ड फाइनान्स वादी रहेको छ भने प्रतिवादीमा मनकामना सःमिल रहेको छ । सोमबार नै मुद्धा नं १०१/०७४/२१ को पनि सुनुवाइ हुँदैछ । उक्त मुद्धामा मैया मर्हजन प्रतिवादी र महालक्ष्मी विकास बैंक वादी रहेका छन् ।

२०७५ श्रावण २९ गते मंगलबारका लागि ४ वटा मुद्धाको पेशी तोकिएको छ । मंगलबारको लागि पेशी तोकिएको मुद्धाहरु क्रमशः मुदा नं. १०१/०६९/२८५, मुदा नं. १०१/०७२/१६०, मुदा नं. १०१/०७३/५४ र मुदा नं. १०१/०७३/६० रहेका छन् । उक्त मुद्धाहरुको वादीमा क्रमशः माछापूच्छ्रे बैक, नविल बैंक, देवः विकास बैक र नेपाल क्रेडिट एण्ड कमर्स बैक रहेका छन् भने प्रतिवादीमा क्रमशः कस्मिक अटोमाबाइल प्रा.लि., काहिनुर हिल हाउजिङ्ग प्रा.लि.,कोशी शेर्पा ब्याग प्रा.लि., र श्याम बाबा इन्टरनेसनल रहेका छन् ।

२०७५ श्रावण ३० गते बुधबार पनि २ वटा मुद्धाको सुनुवाई हुँदैछ । बुधबारको लागि पेशी तोकिएका मुद्धाहरु क्रमशः मुदा नं. १०१/०७३/५२ र मुदा नं. १०१/०७३/६२ रहेका छन् । उक्त मुद्धाहरुको वादीमा क्रमशः  यति डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि रहेका छन् भने प्रतिवादीमा क्रमशः झनक बहादुर रावल र कृष्ण मोडर्न दाल उद्योग  रहेका छन् ।

२०७५ श्रावण ३१ गते बिहिबार ४ वटा मुद्धाको सुनुवाई हुँदैछ । विहीबारको लागि पेशी तोकिएका मुद्धाहरु क्रमशः मुदा नं. १०१/०७३/३१ मुदा नं. १०१/०७३/४९ मुदा नं. १०१/०७३/५५ र मुदा नं. र १०१/०७४/२६  रहेका छन् । यी मुद्धाहरुका वादीमा क्रमशः माछापुच्छ«े बैक, एपेक्स डेभलपमेन्ट बैंक  एपेक्स डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक रहेका छन् । त्यस्तै प्रतिवादीमा क्रमशः क्रिस्टल वल्डवाईड मनी एक्सप्रस प्रा.लि., सुन्द्रावती हार्डवयर एण्ड सप्लायर्स प्रा.लि., काष्टमण्डप विजिनेस होम प्रा. लि.र सुरेन्द्र बस्नेत रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]