July 18th, 2018

आधुनिक बैंकिङमा अग्रसर किसान बहुउद्देश्यीय सहकारी : एक वर्षमा कमायो साढे सात करोड मुनाफा

कैलालीको लम्कीचुहा स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७४/०७५ मा सात करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । २०५२ सालमा स्थापना भई कारोबार सुरु गरेको संस्थाको आठ करोड सेयर पुँजी रहेको छ । आर्थिक बर्षको अन्त्यसम्म संस्थाले एक अर्ब २५ करोड निक्षेप संकलन गरेको छ भने विभिन्न शिर्षकमा सदस्यहरुलाई दुई अर्ब कर्जा लगानी गरेको छ । 

कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्ततर्फ गरि ५०,४०२ सदस्य रहेका छन् । नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न स्वीकृतीप्राप्त उक्त सहकारीको कैलाली जिल्ला भर २१ वटा शाखा रहेका छन् । गत बर्षबाट मोबाईल बैंकिङ र ट्याबलेट बैंकिङ शुरुवात गरेको यस संस्थाले आगामी आर्थिक बर्षभित्र लघुवित्ततर्फ सबै केन्द्रलाई पेपरलेस निर्माण गर्ने लक्ष्य राखेको छ । संस्थाले कृषि पेशालाई प्रवद्र्धन गर्ने उद्देश्यले ३ जना कृषि प्राविधिक मार्फत सदस्यहरुलाई तालीम तथा परामर्श र आगामी बर्ष यसलाई निरन्तरता दिँदै ए.टि.एम सेवा समेत सुरुवात गर्ने योजना रहेको संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले बताए । किसानको २१ शाखा र केन्द्रीय कार्यालय समेत गरि १५८ जना कर्मचारी कार्यरत छन् ।

उत्कृष्ट करदाताको प्रमाणपत्र प्राप्त यस संस्थाले यस आर्थिक बर्षमा एक करोड ५१ लाख ५४ हजार चार सय २७ रुपैयाँ कर बुझाएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले सदस्यहरुको विश्वास, कर्मचारीहरुको लगनशिलता र अथक मेहेनतका कारण संस्थाले सफलता प्राप्त गर्दै गईरहेको बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]