July 17th, 2018

नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्यमा ९९ करोड ३६ लाख रुपैयाँ ९९ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । 

भदौ ४ गतेसम्म निष्काशन हुने सेयरमा असार २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद आवेदनका लागि एनआइविएल एस क्यापिटल तथा शाखा कार्यालयहरु, नेशनलको सम्पूर्ण शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट भर्न पाइनेछ ।

कम्पनीको इक्रा रेटिङ “इक्रा एनपि आइपिओ ग्रेड ३“ रहेको छ । यो ग्रेडलाई राम्रो मानिन्छ । 

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपेयाँ रहेको छ। हकप्रदपछि कम्पनीको पूँजी संरचना संस्थापक शेयर (नेपालीको) ४५ प्रतिशत, संस्थापकतर्फ नै विदेशी लगानीकर्ताको १० प्रतिशत, सर्वसाधारण शेयरधनीको ३५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत रहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]