July 10th, 2018

एकैसाथ एनआईसी एशिया बैंकका चार शाखाको उद्घाटन 

एनआईसी एशिया बैंकले थप चार शाखाको  औपचारिक रुपमा उद्घाटन गरेको छ । बैंकले गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा,  कनकाई नगरपालिका वडा नं ३, झापास्थित सुरुङ्गा शाखा, ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दियास्थित भुरीगाँउ शाखा र राप्ती गाउँपालिका वडा नं ५, दाङ्गमा स्थापित सिसहनिया शाखाको उद्घाटन गरेको हो । 

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले हाल २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गरिरहेको छ । बैंकको वासलातको आकार रू.१७८अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५०अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक  भएको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२०अर्ब सहित निजीक्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा एनआईसी एशिया बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]