July 5th, 2018

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा

एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको विधिवत् उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरे । 

बैंकले मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहितबैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । शाखा संजालमा मुलुककै सबैभन्दा ठूलो एनआईसी एशिया बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५०अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२०अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा एनआईसी एशिया बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७ ५ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्नाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]