July 1st, 2018

ओम डेभलपमेन्ट बैंकको बोनश सेयर नेप्सेमा सूचिकृत

ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ मा बितरण गरेको १७.६९ प्रतिशत अर्थात ३७,८१,०७३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको छ । बोनश सेयर बितरणपछि बैंकको जम्मा सूचिकृत सेयर २,५१,५२,३५६ कित्ता पुगेको छ । २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार ६ सय चुक्ता पुंजी रहेको बैंकको पुंजी संरचना संस्थापक सेयर ५१ प्रतिशत र सर्वसाधारण सेयर ४९ प्रतिशत रहेको छ ।

बैंकले जेष्ठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको छ भने ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको र बिकास बैंकहरुमध्ये शाखारहित बैंकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]