June 27th, 2018

लामो समयको मौनतापछि विजय माल्याको स्पष्टीकरण : नियतवश खराब व्यापारी बनाइयो 

बैंकिङ खबर । किङफिसर एयरलाइन्सको नाममा अर्बौ ऋण लिएर फरार रहेका विजय माल्याले दुई वर्षको मौनता तोडेका छन् । भारतका मदिरा क्षेत्रका बादशाह मानिने माल्याले मंगलबार एक ट्विट गर्दै दुई वर्षअघि नै आफूले सरकारी बैंकको ऋण तिर्ने कोशिस गरेको स्पष्टीकरण दिएका छन् । भारत सरकारलेसम्पत्ति जफत गर्ने चेतावनी दिएपछि माल्याले आफूले कर्जा चुक्ता गर्ने विषयमा प्रधानमन्त्री मोदी र वित्तमन्त्री अरुण जेट्लीसमक्ष पत्रमार्फत आफ्नो पक्ष राखेको तर सोको जवाफ नआएको बताएका छन् । 

माल्याले आफूलाई राजनीतिक दल र पत्रकारले नियतबश खराब सूचीमा रहेको व्यापारी बनाएको आरोप समेत लगाएका छन् । मिडियाले समेत नौ हजार करोड भारु बैंक ऋण डुबाएको विवरण सार्वजनिक गर्दै सर्वसाधारणलाई भ्रममा पारिरहेको उनको आरोप छ । ऋणको रकम ५५०० करोड भारु मात्रै भएको उनले उल्लेख गरेका छन् । प्रत्येक ऋण सावधानिपूर्वक बैंकहरुले उचित मूल्यांकनका आधारमा दिएको उल्लेख गर्दै सबै ऋणका बारेमा भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ)लाई राम्रोसँग थाहा भएको आफ्नो ट्वीटमा उल्लेख गरको छन् ।

उनले स्टेट बैंक अफ इण्डिया (एसबिआई) को सहवित्तीयकरणमा १७ बैंक मिलेर किङफिसर एयरलाइन्सलाई दिएको ५५०० करोडको ऋणमा सम्पति बेचेर ६०० करोडभन्दा वढी तिरि सकेको उल्लेख गरेका छन् । उनले १२८० करोड भारु कर्नाटक उच्च अदालतमा जम्मा गरिसकेको पनि जानकारी दिएका छन् ।

उनको समूह र परिवारको स्वामित्वमा आउनुपर्ने सम्पतिलाई पनि सम्पत्तिलाई पनि गैरकानुनी तवरले कमाएको सम्पत्ति भन्दै सम्पत्ति शुद्धिकरण भन्दै सरकारले जफत गरेको उनले आरोप लगाएका छन् । उनले आफ्नो सम्पत्ति आजको दिनमा त्यसको मूल्यांकन १३९०० करोड भारु रहेको पनि बताएका छन् ।

माल्याले सन २०१०मा हवाइ सेवा क्षेत्रमा देखिएको मन्दीका बेलामा रिजर्व बैंक अफ इन्डिया(आरबीआइ)को अनुमतिमा ऋणलाई रिस्ट्रक्चर गरिएको बताएका छन् । त्यस्तै, यसपछि स्टेट बैंक अफ इन्डियाले सन् २०१२ मा आरबीआईलाई पत्र लेख्दै किंङफिर एयरलाइन्सले पर्याप्त मात्रमा लगानी गरिहेको भएपनि हालको मन्दीका कारण एयरलाइन्सको घाटा कम गर्न सम्भव नभएको भनेको कुरा पनि  माल्याले आफ्नो स्पष्टिकरणमा उल्लेख गरेका छन् । एजेन्सीहरुको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]