June 25th, 2018

परियोजना र कोषहरुमा एआईआईबीको लगानी चार अर्ब डलर नाघ्यो

गत वर्ष एशियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)ले परियोजना तथा कोषहरुमा गरेको लगानी ४ अर्ब डलर नाघेको एक प्रतिवेदनले देखाएको छ । एआईआईबीले अघिल्लो वर्ष १ अर्ब ७० करोड डलर लगानी गरेको थियो । गत वर्षको लगानी ४ अर्ब २० करोड डलर पुगेको बैङ्कले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले देखाएको हो ।

त्यस्तै अघिल्लो वर्ष ६ ओटा परियोजना मात्रै अनुमोदन भएकोमा गत वर्ष दूरसञ्चार, उर्जा र यातायात जस्ता क्षेत्रमा २३ ओटा परियोजना अनुमोदन गरिएको थियो । गत वर्ष बैङ्कले २५ करोड २० लाख डलर खुद नाफा कमाएको थियो । यो अघिल्लो वर्षको १६ करोड ७० लाख डलर खुद नाफाको तुलनामा बढी हो । बैङ्कका सदस्य सङ्ख्या पनि अघिल्लो वर्षको ५७ ओटाको तुलनामा बढेर ८४ ओटा पुगेको छ । ‘मे’मा पपुवा न्यू गिनिको बैङ्कमा आबद्ध हुने आग्रह स्विकृत भएसँगै सदस्य सङ्ख्या ८६ पुगेको बताइएको छ । रासस/सिन्हवा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]