June 22nd, 2018

प्रभु इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेडले चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । साउन १० गतेसम्म निष्काशन खुला हुने सेयरमा जेठ १३ गतेसम्म कायम सेयरधनीले  आवेदन दिन पाउनेछन् । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६६ लाख ६७ हजार सात सय ६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार छ सय ७७ दशमलव ६३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यसका प्रभु क्यापिटल लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकको काम गरिरहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । प्रभु क्यापिटलको कार्यालय कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । यससँगै कम्पनीले बीमा समितिले तोके बमोजिम निर्जिवन बीमा कम्पनीले कायम गर्नुपर्ने एक अर्ब रुपैयाँ कायम गर्नेछ । कम्पनीको सेयर नेप्सेमा बिहीबार प्रतिकित्ता ५१२ रूपैयाँमा कारोबार भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]