June 6th, 2018

सेयर बजारमा लाभकरको विवाद तत्कालका लागि सुल्झियो

बैंकिङ खबर । लाभकरको विषयलाई लिएर भएको विवादमा सरकार पछि हटेको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अर्थमन्त्रालयले आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । बुधबार अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न आन्तरिक राजस्व विभागलाई पत्र काटेको हो ।

विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । यसै विषयलाई लिएर देशभरका लगानीकर्ता आन्दोलित भएपछि सरकारले छुट्टै समिति नै गठन गरी अध्ययन समेत थालेको छ । बोनस तथा हकप्रद सेयरमा कर गण्ना गर्ने प्रणाली परिमार्जन सम्बन्धमा आन्तरिक राजश्व विभागले गरेको निर्णयका सम्बन्धमा छलफल गर्नका लागि वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र लाभकरका विषयमा अध्ययन प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदन नआइन्जेलसम्मका लागि पूरानै लाभकर गणाना विधि लागू हुने भएको छ ।

यससँगै सोमबारदेखि लगानीकर्ताद्धारा अवरुद्ध गरिएको सेयर कारोबार सुचारु भएको छ । दिउसो १ बजेपछि सुचारु भएको सेयर बजार निरन्तर बढिरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]