May 24th, 2018

दोहोरो अंकले घट्यो सेयर बजार, ३६ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक १०.०५ अंकले घटेर १३१८.२२ अंकमा कायम भएको छ । व्यापार र उत्पादनमूलम समूह क्रमशः २.९६ र ११.४१ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः ७.४६, ४.९३, १४.५३, १२.७१, ०.६३, ६२.३४, ४.७७ र ३३.९८ अंकले घटेका छन् ।

दिनभरिमा १६१ वटा कम्पनीको सात लाख ९१ हजार सात सय २८ कित्ता सेयर चार हजार चार सय २६ पटक खरिदविक्री हुँदा ३७ करोड ३५ लाख ६२ हजार एक सय ४१ रुपैयाँको कारोबार भएको छ । कालिका माइक्रोक्रेडिट र नेपाल बैंकको दुई करोड तथा प्रभु इन्स्योरेन्स, स्वदेशी लघुवित्त, स्वरोजगार लघुवित्त र नागबेली लघुवित्तको एक करोडमाथिको कारोबार हुँदा एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक र गोरखा फाइनान्स प्रोमोटरको क्रमशः ८८ लाख ३५ हजार, ७७ लाख २८ हजार, ७७ लाख आठ हजार र ७७ लाख चार हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

जम्मा ३६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै जेविल्स फाइनान्सका सेयरधनीले ५.४५ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, जानकारी फाइनान्स, बरुण हाइड्रो, हिमालयन डिस्टीलरी, हाथवे फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, विशाल बजार लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, किसान माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशत तथा मिर्मिरे माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, मेरो माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, स्वदेशी लघुवित्त, नयाँ नेपाल लघुवित्त र मिथिला लघुवित्तका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका  छन् । एनएमबि माइक्रोफाइनान्स, एनसीसी बैंक लगायतका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]