May 21st, 2018

नीति तथा कार्यक्रमका मूख्य विशेषताहरु

बैंकिङ खबर । सरकारले आगामी आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको छ । सोमबार साँझ बसेको मन्त्री परिषद् वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पेश गरिएको नीति तथा कार्यक्रमका मूख्य विशेषताहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ :

एक दशकभित्र समृद्धि​
आगामी आर्थिक बर्षलाई आधार बर्षका रुपमा लिने 
सम्पूर्णतामा योजना कार्यान्वयन गरिने र समयमै नतिजा प्राप्त गर्ने 
एक दशकभित्र समृद्धि बनाएर संसारमा चिनाउने 
सरकारले लोकप्रियताको लागि नभएर जनताको समृद्धिका लागि काम गर्ने

वित्तीय क्षेत्र
वित्तीय क्षेत्रको सबै नियामकको क्षमता बढाउँदै सबै नेपालीलाई वित्तीय पहुँच पुर्याउने 
सबैको बैंक खाता बनाइने 
पाँच बर्षभित्र दुई तिहाइ जनसंख्यालाई गैरकृषि क्षेत्रमा परिणत गर्दै कृषि योग्य जमिनको खण्डिकरण रोक्ने सरकारले सामूहिक खेतीलाई प्रोत्साहित गरिने 
कृषि बीमा बिस्तार गरिने
रोजगारी श्रृजना, उत्पादन बृद्धि, आयात प्रतिस्थापनजस्ता सबै कुराहरु सहकारी क्षेत्रको बिस्तारबाट गरिने

आर्थिक वृद्धि
पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने
आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्याइने 
पाँच वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने 
शान्ति र स्थायित्वका लागि काम गर्ने 
विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरि नीति परिमार्जन गरिने 
अर्थतन्त्रको आकार वृद्धि गर्नका लागि वैदेशिक सहायता, लगानीका साथै आन्तरिक निजी क्षेत्रलाई परिचालन गरिने 

उद्योग
तीन बर्षभित्र चिनी उत्पादनमा आत्मनिर्भर हुने 
सिमेन्ट उद्योगलाई निर्यातमूलक उद्योग बनाउने 
निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा परिचालन गरिने
लगानी आकर्षित गर्न नाफा सुरक्षाको प्रत्याभूतिको वातावरण बनाउने 
लगानीकर्तालाई एकै ठाउँबाट सेवा दिने 

पूर्वाधार
पानीजहाजका लागि कानुन निर्माण गरेर संस्थागत व्यवस्था गर्ने
राष्ट्रिय हाइवेलाई एक्सप्रेस वे बनाउँदै राष्ट्रिय महत्वका पूर्वपश्चिम र उत्तरदक्षिण राजमार्गलाई रणनीतिक हिसावले बनाउने 
राजमार्गमा कलात्मक पूल बनाउनेदेखि काठमाडौं निजगढ द्रुतमार्ग, हुलाकी राजमार्ग पाँच वर्षभित्र निर्माण सक्ने
मेचीमहाकाली, काठमाडौं-वीरगञ्ज र रसुवा-लुम्बिनी-काठमाडौं-पोखरा चल्ने रेलमार्ग निर्माण तत्काल सुरु गर्ने 
अर्को बर्ष भैरहवाको  गौतमबुद्ध क्षेत्रिय विमानस्थल तथा तीन वर्षभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने   
पूर्वाधार विकासकमा सार्बजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने
झापाको शान्तिनगरदेखि डँडेलधुरा सम्मको मदनभण्डारी राजमार्गको निर्माण सुरु गरी ५ वर्षमा पूरा गर्ने 
स्थानीय केन्द्रहरुलाई कालोपत्रेले जोड्नुका साथै जुनसुकै किसिमका कार्टेलिङलाई पनि निर्ममतापूर्वक अन्त्य गर्ने 
सडक सञ्जालका साथै आवश्यक परे त्यस्ता ठाँउको पहिचान गर्दै सुरुङमार्ग निर्माण गर्दै लैजाने 
मदनभण्डारी राजमार्ग निर्माणलाई तीव्रता  दिईने
तीन बर्षभित्र अन्तर्राष्ट्रियस्तरको एउटा खेल परिसर निर्माण गर्ने
एक बर्षभित्र निजी आवासको पुननिर्माण गर्दै तीन बर्षभित्र धरहरा, काष्ठमण्डप र रानीपोखरी निर्माण गर्ने

युवालक्षित कार्यक्रम
रोजगार कार्यक्रम सञ्चालन गरिने
राहदानी, अन्तशुल्क स्टिकरलगायत अति महत्वपूर्ण कागजात नेपालमै छाप्ने ब्यवस्था मिलाउने 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]