May 16th, 2016

सकियो ‘राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ 

DSCN0304राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ मंगलबार सम्पन्न भएको छ । देशभर रहेका साना लघुवित्त क्षेत्रका प्रतिनिधिहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा देशभर  छरिएर रहेका महिला उद्यमीहरुको उपस्थिति रहेको थियो । काठमाडौँमा सम्पन्न भएको उक्त सम्मेलनमा करिब ७५ वटा जिल्लाका लघुवित्त क्षेत्रका ८ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन प्रधानमन्त्रि केपी शर्मा ओलीले गरेको थिए । 

DSCN0305सम्मेलनमा नेपाली राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिबी नेपाल, राष्ट्र बैंककका लघुवित्त विभाग प्रमुख विनोद आत्रेय, डेपुटी गर्भनर शिवराज श्रेष्ठ, नेपाल माइक्रोफाइनान्स संघका अध्यक्ष धर्मराज पाण्डे, लगायउतको उपस्थिति रहेको थियो । २ दिनसम्म चलेको सम्मेलनको पहिलो दिन देशभर रहेका महिला उद्यमीहरुले भोगेका समस्या र उद्यमी क्षेत्रको महिलाहरुले पुर्याएको योगदानको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै दोश्रो दिन उद्यमी महिलाहरुको समूहले प्रतिवेदन सार्वजनिक गरी सम्मेलनको १६ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न गरियो । उद्यम क्षेत्रलाई उकास्ने र महिला उद्यमीहरुलाई सक्षम बनाउने उद्देश्य सम्मेलनले लिएको थियो । उक्त अवसरमा महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु सामानहरु प्रर्दशनीमा राखिएको थियो । 

DSCN0313सम्मेलनको अन्तिम दिन सोमबार कार्यक्रमको समापन गर्दै सम्मेलनका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनले महिला उद्यमीहरुको आत्मविश्वास बढेको र उद्यमी क्षेत्रमा भोगेका समस्याहरुको समाधान भएको बताए । 

सम्मेलनको अन्तिम दिन देशभरका करिब ५० भन्दा बढी लघुवित्त कम्पनीहरुबाट सहभागीहरुलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]