May 1st, 2018

मिलिजुली सहकारीले पाँच वटा सहकारीलाई गाभ्ने

बैंकिङ खबर । दोलखास्थित भीमेश्वर नगरपालिका–६ मा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले मर्जरका लागि पाँच वटा सहकारी संस्थाहरुसँग सम्झौता गरेको छ । संस्थाले  कालिन्चोक गाउँपालिका–२ बाबरेमा रहेको प्रगतिशील परोपकार बचत तथा ऋण सहकारी संस्था, भीमेश्वर नगरपालिका–८ बोचमा रहेको धर्तीमाता बचत तथा ऋण सहकारी, भीमेश्वर नगरपालिका–६ मा रहेको च्याँसे भगवती बचत तथा ऋण सहकारी संस्था, बैतेश्वर गाउँपालिका–६ मा रहेको एकता बचत तथा ऋण सहकारी संस्था र भीमेश्वर नगरपालिका–७ मा रहेको ध्रुवतारा बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो । 

आफ्नो सेवा र व्यवसाय विस्तारमा जोड दिइरहेको मिलीजुलीले चार महिनाको अवधिमा पाँच वटा साना  सहकारीहरुसँग एकीकरणका लागि सम्झौता गरेको जनाएको छ । सहकारी ऐन २०७४, परिच्छेद १५ को दफा ८७ अनुसार एकीकरण प्रक्रिया अघि बढाएको सहकारीले बताएको छ । ऐनबमोजिक साधारणसभा लगायतका प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार सुरु गरिने बताइएको छ । एकीकरणपछि बन्ने सहकारी संस्थाको नाम मिलीजुली बचत तथा ऋण सहकारी संस्था राख्ने र साविकका प्रगतिशिल परोपकार, एकता र धर्तीमाता सहकारी रहेको ठाउँमा सोही नामबाट सेवा केन्द्र राख्ने सहमति भएको भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]