March 29th, 2018

रिलिज भएकै मितिमा अब घरमै हेर्नुहोस् नेपाली फिल्म

बैंकिङ खबर । अब नयाँ रिलिज भएका सिनेमा हेर्न सिनेमा घरसम्मै पुग्नु नपर्ने भएको छ । डिस होमले घरमै बसेर परिवारको साथमा नयाँ फिल्महरु रिलिज भएकै मितिमा हेर्न सकिने व्यवस्था मिलाएको छ । यस योजनाले डिसहोम ग्राहकहरुको सिनेमा घरसम्म पुग्ने समयका साथै खर्चको समेच बचत गर्ने भएको छ ।

यस योजना अन्तर्गत डिसहोमका ग्राहकले प्रतिशो २२५ रुपैयाँ शूल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ :

१. मोबाईलबाट साधारण SMS पठाएर

विहान ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID b

दिउँसो ४ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID d

नोट: CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राख्नुहोस्

२. डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६

३. नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडी SMS वा फोन गर्नुपर्नेछ र सेट–टप बक्समा कम्तिमा रु. २२५ ब्यालेन्स रकम हुनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]