May 12th, 2016

प्रभु मनि ट्रान्स्फर र नेशनल माइक्रोफाइनान्सबिच रेमिट्यान्स सम्झौता 

20160511_134901प्रभु मनि ट्रान्स्फर प्रा.लि र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था बिच रेमिटेन्स सम्झौता भएको छ । माइक्रोफाइनान्सको प्रधान कार्यालय धादिङ्गबेशिमा सम्पन्न कार्यक्रममा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक श्री रामेश्वर सापकोटा तथा नेशनल माइक्रोफाइनान्सको तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादवले सम्झौतामा हस्ताक्षर गरे । 

राष्ट्रियस्तरको कारोवार स्वीकृती पाएको संस्थाको धादिङ्ग, भक्तपुर, पर्सा, रौतहट, बारा, चितवन, सर्लाहि, महेत्तरी, धनुषा, काभ्रे, सिन्धुपाल्चोक, मोरङ्ग, सिराहा, सप्तरी, इलाम, उदयपुर, कञ्चनपुर, कैलाली, बाँके र पाल्पा गरी विभिन्न जिल्लामा गरी २४ वटा शाखाहरु संचालनमा रहेका छन् । आगामि जेष्ठ महिना भरीमा संस्थाको सवै शाखाहरुवाट एकै साथ प्रभु मनिको सेवा संचालन गर्ने लक्ष्य राखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]