February 21st, 2018

प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद फागुन २७ गतेदेखि

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । वैशाख २ गतेसम्म निष्काशन गरिने सेयरमा फागुन १७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नारायणचौर र आस्वा सेवा प्रदायक सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार दुई सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीको हकप्रदको क्रेडिट रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ४’ रहेको छ । यस्तो रेटिङलाई औसतभन्दा तलको ग्रेड मानिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]