December 17th, 2017

बुम रेमिटको पुरस्कार योजना अब पुस मसान्तसम्म

बुम रेमिट्यान्स प्रा.लिले गएको २०७४ साल भाद्र २८ गते देखि मंसिर ३० गतेसम्म लागु गरेको विभिन्न पुरस्कारका योजनाहरु आफ्ना ग्राहकहरुको अनुरोध र अपार सफलताका कारण उक्त योजना २०७४ साल पुस ३० गते सम्मलाई बढाएको छ । उक्त प्रोमोसन अफर अन्र्तगत टिसर्ट, घडी, स्कूल व्याग र बम्पर उपहारमा ३२ इन्चको कलर टि.भी. राखिएको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । नेपालीहरुको महान चाड माघे संक्रान्तिका दिन पारेर उक्त बम्पर उपहारको चिठ्ठाद्घारा विजेता घोषणा गरिने बताइएको छ ।

हाल कतार, यूएर्ई, बहराईन, कुवेत, ओमान, मालदिफ्स र हङ्गकङ्गबाट विप्रेषण भित्राएको बुम रेमिटले छिटै नै मलेसिया, साउदी अरब, दक्षिण कोरीया आदी मुलुकहरुमा सम्बन्ध विस्तार गर्न लागेको छ । बुम रेमिटबाट नेपाल भर सस्तो शुल्कमा आन्तरिक विप्रेषण पनि पठाउन सकिने व्यवस्था रहेको छ । कम्पनिको नेपाल भरी ४००० भन्दा बढी एजेन्ट सञ्जाल रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]