May 5th, 2016

मोरङमा एनसीसी बैँकले जडान गर्यो १ सय १० ट्यूववेल

IMG_0436नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले आर्थिक र सामाजिक रुपमा पिछडिएका मोरङ्ग जिल्लाको डायनिया गा.वि.स.को मुसहर (ऋषिदेव) र गुणी (माझी/सहनी) वस्तीमा १ सय १० वटा ट्यूववेल (सतह खानेपानीका लागि ह्याण्ड पम्प) जडान गरेको छ । बैँकले संस्थागत सामाजिक दायित्व अन्तर्गत स्वच्छ खानेपानीको व्यवस्था गर्न सो कार्य गरेको जनाएको छ । वस्तीमा बैंकको व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौलाको सभापतित्वमा आयोजित उक्त धारा जडान कार्यको विधिवत समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणी सिवाकोटीले गरे । बैंकले जनाएअनुसार सो ट्यूववेलबाट सो समुदायका ३ सय २३ घरधुरीका जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । आगामी दिनमा पनि देशको विभिन्न स्थानमा रहेका पिछडिएका समूहलाई सहयोग पुरयाउने गरि यस्ता कार्यक्रमहरु गर्दै जाने बैंकका का.मु. कार्यकारी अधिकृत रमेश राज अर्यालले जानकारी गराए ।   


    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]