November 22nd, 2017

पञ्चकन्या माई हाइड्रोपावरले पायो सेयर जारी गर्ने अनुमति

बैंकिङ खबर । पञ्चकन्या समूहद्धारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि ९९ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

पहिलो चरणमा स्थानीयका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका कम्पनीको दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटड र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । 

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट विद्युत उत्पादन भई सकेको छ भने यो आयोजनालाई १२ मेगावाटमा क्षमता वृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जल विद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी कम्पनीले दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]