November 17th, 2017

मुनाफामा अब्बल चार वाणिज्य बैंकहरु

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, चार वटा वाणिज्य बैंकहरु मुनाफा आर्जनमा अब्बल देखिएका छन् । नेपाल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र राष्ट्रिय वाण्ज्यि बैंक नेपाल बैंकसँगको प्रतिष्पर्धामा उत्रिएका छन् ।

नेपाल बैंक लिमिटेड
तीन महिनामा नेपाल बैंकले ९७ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १६.७० प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले एक अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  आठ अर्ब चार करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा तीन दशमलब ४२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १६ दशमलब ५९ प्रतिशत रहेको छ । त्यस्तै, बैंंकको प्रतिसेयर आम्दानी ४८ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ९७ गुणा, प्रतिसेयर नेटवथ एक सय ५९ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ५९ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३३ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १९ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८४ दशमलव ४७ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३३ प्रतिशतले बढेर एक दशमलव ०४ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति एक दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ७८ प्रतिशत कायम भएको छ ।

नविल बैंक लिमिटेड
पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, नविल बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नविलले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । विवरणअनुसार, नविल बैंकको चुक्तापुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४१ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३० दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक हजार आठ सय २५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृयकर्जा एक दशमलव ११ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव आठ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको निष्कृय कर्जा दुई दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ०९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]