November 9th, 2017

गुराँस लघुवित्तले एक लाख ८० हजार कित्ता आईपिओ जारी गर्ने

बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । धनकुटामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

१० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तले हाल कायम रहेको चुक्तापुँजी दुई करोड ८० लाख रुपैयाँको ५० प्रतिशत संस्थापक हकप्रद सेयर जारी गरि चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्ने विशेष प्रस्ताव पनि साधारणसभामार्फत पारित गरेको छ । आईपीओ जारी भएपछि कम्पनीको पूँजी छ करोड रुपैयाँ पुग्नेछ ।


 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]