November 8th, 2017

दोहोरो अंकले घट्यो नेप्से, सबै परिसूचक राताम्मे, १५ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । बुधबार सेयर बजार १७.८३ अंकले घटेर १४६६.६२ अंकमा कायम भएको छ । सबै उपसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १३५.०५ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः १४.३८, ३.६३, ७६.३५, २१.५१, २८.२५, ८.४६, ३.२१, २.८९ र २१.५८ अंकले घटेका छन् । 

कारोबार रकम मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको ११ लाख ९८ हजार दुई सय ६४ कित्ता सेयर पाँच हजार तीन सय ८३ पटक खरिदवित्री हुँदा ४७ करोड ७७ लाख नौ हजार चार सय ५९ रुपैयाँको कारोबार भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड तथा नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेपाल टेलिकम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, चिलिमे हाइड्रो र गोर्खाज फाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल एसबिआई बैंकको ९८ लाख रुपैयाँको कारोबार भएको छ । 

बुधबार जम्मा १५ कम्पनीका सेयरधनीले कमाएका छन् । महुली सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् । युनिलिभर नेपाल, ङादी ग्रुप पावर, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, कन्काई विकास बैंक, जेबिल्स फाइनान्स, एनआईबिएल प्रगति फण्ड, नेशनल माइक्रोफाइनान्स, निर्धन उत्थान बैंक, ग्लोबल आईएमई समुन्नत स्किम, युनिइटेड फाइनान्स, मल्टिपर्पोज फाइनान्स, काबेली विकास बैंक र रुरल माइक्रोफाइनान्सका सेयरधनीले पनि कमाएका छन् । 

यता, बोटलर्स नेपालका सेयरधनीले ९.९८ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी लघुवित्त, हिमालयन डिस्टीलरी, सोल्टी होटल, गोर्खाज फाइनान्स, प्रिमियर इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, समिट माइक्रोफाइनानस, मेरो माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]