September 19th, 2017

आईपिओ निष्काशनको प्रक्रियामा सयपत्री हाइड्रो

सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । आईपिओ निष्काशन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले यही असोज २४ गतेका लागि पहिलो वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट पारित भएपछि आईपिओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीले जनाएको छ । 

२.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीयलाई सेयर जारी गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर जारी गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]