August 30th, 2017

नयाँ बीमा कम्पनीलाई पुँजी पुर्याउन थप समय दिने तयारी

व्यवसाय सुरु गर्ने अनुमति पाएका नयाँ १० जीवन बीमा कम्पनीहरुमध्ये, नौ वटाले मात्रै चुक्तापुँजी पुर्याएका छन् । अर्थ मन्त्रालयबाट स्वीकृत पाएका १० नयाँ बीमा कम्पनीले भदौ ७ भित्र नै चुक्तापुँजी पुर्याइसक्नुपर्ने थियो । अन्य कम्पनीहरुले समयमा नै चुक्तापुँजी पुर्याएपनि महालक्ष्मीले पुँजी पुर्याउन नसकेको हो । 

समय थप्ने तयारी
महालक्ष्मीले पुँजीवृद्धिको लागि समयसी थप गर्न माग गरेको छ । कम्पनीले गत भदौ ४ गते नै ४५ दिन समय थप गरिदिन बीमा समितिमा निवेदन दिएको थियो । तर, बीमा समितिले सो प्रस्ताव अस्वीकार गरेको भन्दै महालक्ष्मीले अर्थमन्त्रालयमा नै निवेदन दिएपछि अर्थले समितिलाई आवश्यकताअनुसारको समय थप गरिदिन निर्देशन दिएको बताइएको छ । बीमा समितिले भने यस बारेमा निर्णय गरिसकेको छैन । 

जीवन बीमा कम्पनीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । तर, महालक्ष्मीको चुक्तापूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ । 

संचालन अनुमति पाएका १० कम्पनीमध्ये, आईएमई लाइफ इन्स्योरेन्सले भदौ १ गतेदेखि नै कारोबार सञ्चालन गरिसकेको छ । अन्य आठ कम्पनीहरु पनि छिटै नै व्यवसाय सुरु गर्ने तयारीमा छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]