June 4th, 2017

सबैभन्दा धेरै सुविधा पाउनेमा गुगलका कर्मचारी, भत्तादेखि स्वीमिङ र मसाजसम्मका सुविधा

इन्टरनेट सर्च इन्जिन गुगल आफ्ना कर्मचारीलाई विश्वकै सबैभन्दा राम्रो सुविधा दिने कुरामा प्रख्यात छ । कर्मचारीलाई सुविधा दिन गुगलले आफ्नो कार्यालयमा हरेक ती सम्भव सुविधा उपलब्ध गराउँछ, जसलाई उसले दिन सक्छ । कर्मचारीहरुलाई विश्वकै उत्कृष्ट सुविधा दिनकै लागि गुगलले झन्डै १३२८८ करोड रुपैयाँ खर्चिँदै छ । गुगलले बेलायतको लण्डनमा ९३००० स्क्वायर मिटरमा नया हेड अफिस बनाउन लागेको हो । सन् २०१८ बाट यो कार्यालयको निर्माण सुरु हुँदैछ ।

यस्ता छन् सुविधा ?
लण्डनको किङ्ग क्रस स्टेशन नजिकै बनिरहेको गुगलको यस हेडक्वार्टमा थ्री लेनको स्वीमिङ पुल पनि बन्ने भएको छ । यसका अलाबा यसमा मसाज रुम, ब्याडमिन्टन, बास्केटबल स्टेडियम बन्दैछ भने यो स्टेडियममा कर्मचारीलाई खेल देखाउनका लागि अलग अलग सिटसहितको प्याराफिट पनि बनाइँदैछ । यो कार्यालय भित्र कयौँ सुविधा दिइनेछ । हालैमात्र गुगलले यस कार्यालय भवनको डिजाइनलाई पास गरेको छ । ९३ हजार क्वायर मिटरमा बनिरहेको यो कार्यालय ११ स्टोरीको हुनेछ । यसमा १० वटा फुटबल मैदान जत्रो फ्लोर स्पेस पनि हुनेछ । 

गुगलको नयाँ कार्यालयको छतमा ३०० मिटर लामो बगैँचा पनि हुनेछ । यो बगैँचामा कर्मचारीलाई दौडनका लागि ट्रयाक पनि बनाइँदैछ भने रमाइलोका लागि छुटटै भाग पनि बन्ने क्रममा छ । छतमा रहेको यस बगैँचामा विश्वकै सुगन्धित फूहरुले सजाइने तयारी गुगलले गरेको छ । गुगलको यो कार्यालयमा बैठक कक्षका अलावा क्याफे, अडिटोरियम र अन्य कयौँ आलिशान सुविधा उपलब्ध हुनेछ । गुगलको यो नयाँ कार्यालयमा एकैसाथ कम्तिमा पनि चार हजार जना कर्मचारीको बैठक एकसाथ बस्न सक्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]