May 7th, 2017

सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने

सेन्ट्रल फाइनान्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

सेन्ट्रल फाइनान्स र भक्तपूर फाइनान्स एकआपसमा गाभिएर केही महिना अघि मात्रै एकीकृत कारोबार सुरु गरेको सेन्ट्रल फाइनान्सको लिमिटेडको चुक्तापुँजी ५२ करोड छ लाख ६३ हजार रुपैयाँ रहेको छ । यसको ५० प्रतिशतले हुने २६ करोड तीन लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७८ करोड रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड बोनस सेयर जारी गरेर पुर्याउने कम्पनीले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]