April 29th, 2017

बैंकिङ एक्स्पोमा उर्लियो जनसागर 

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पो–२०१७ को दोस्रो दिन शनिबार अवलोकनकर्ताको आकर्षण देखिएको छ । शनिबार बिहान १० बजे बाट शुरु भएको दोस्रो दिनको कार्यक्रममा अवलोकनकर्ताको उल्लेखीय उपस्थिती देखिएको हो । शनिबार १० बजे नै बिभिन्न कलेजका बिद्यार्थी तथा बैंकिङ सरोकार राख्ने व्यक्तिहरुको जमात अवलोकनका लागि भृक्टीमण्डपमा भिड लागेको थियो । दोस्रो दिनको बिशेष कार्यक्रममा डेप्टी गभर्नरहरु चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठको बिशेष प्रिजिन्टेशन हुने भएकाले पनि अवलोकनकर्ताको उल्लेखीय उपस्थिती रहेको छ ।
 

बैंक, वित्त, बीमा तथा शेयर बजार बारे सूचना दिन नेपाल मै पहिलो पटक आयोजना गरिएको ‘बैंकिङ एक्स्पो–२०१७’ को दोस्रो दिन आज बिशेष अन्तरक्रिया कार्यक्रम संचालन हुने भएको छ । बिहान १० बजे देखी ५ बजे सम्म स्टल अवलोकन गर्न सकिने एक्स्पोमा आज शनिबार ‘बैंकिङ लगानी र उद्यमशीलताका’ तथा ‘बैंकिङ प्रविधि’ बिषयक बिशेष अन्तक्रिया कार्यक्रम संचालन हुने मिडिया इन्टरनेसनलका अध्यक्ष तथा कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए । संयोजक माधव निर्दोषका अनुसार शनिबार बिहान ११ः३० बजे देखी ‘बैंकिङ लगानी र उद्यमशीलता’ बिषयक बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी प्रस्तुती रहने छ भने दिउसो २ः३० बजेबाट शुरु हुने ‘बैकिङ टेक्नोलोजी’ बिषयक कार्यक्रमा डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रस्तुती रहने छ ।

मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम तीन दिनसम्म चल्नेछ । एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, नागरिक लगानी कोष, युवा स्वरोजगार कोष, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा कम्पनी लगायतले आआफ्ना सूचनामूलक स्टलहरु राखेका छन् ।

एक्स्पोको पहिलो दिन कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिइएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल, बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाह लगायतले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि भइरहनुपर्ने बताए । साथमा उनीहरुले निशूल्क बैंकिङ सूचना लिने यो अवसर नगुमाई सबैलाई एक्स्पोमा राखिएका सूचनामूलक स्टलहरु भिजिट गर्न आह्वान गरे । शुक्रबार एक्स्पोमा बैंकर्स, विद्यार्थी लगायत अन्य थुप्रै सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रह्यो ।
 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]