April 28th, 2017

४० प्रतिशत हकप्रद सेयर जारी गर्दै नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट बैशाख ११ गते अनुमति पाएको हो ।

नेपाल एसबीआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल नेपाल एसबीआई बैंकको चुक्तापुँजी पाँच अर्ब तीन करोड ९८ लाख ७३ हजार तीन सय रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब तीन करोड १८ लाख १५ हजार छ सय रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]