April 26th, 2017

नेपाल बङ्गलादेश बैंकले तेस्रो त्रैमासमा कमायो ८२ करोड नाफा

नेपाल बङ्गलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख रुपैयाँ कमाएको छ । बैंकले चैत्र मसान्त सम्ममा गत बर्षको भन्दा १८ दशमलव १६ प्रतिशतले वृद्धि गरी ८२ करोड ७६ लाख रुपैयाँ कमाउन सफल भएको हो । बैंकले गत वर्ष सोहि अवधिमा ७० करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
५ अर्ब ५१ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा २ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ राखिएको छ । बैंकको निक्षेपमा गत वर्ष भन्दा ७ दशमलव ५८ प्रतिशतले वृद्धि गरी ३८ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ । जसबाट कर्जामा ३७ अर्ब २४ करोड ८९ लाख रुपैयाँ पु¥याएकोे छ । कम्पनीको खुद व्याज आम्दानीमा १२ दशमलव ११ प्रतिशतले बढेर १ अर्ब ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४४ दशमलव ०७ प्रतिशतले बढेर १ अर्ब १० करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रोभिजनमा १९ करोड ४९ लाख रुपैयाँ राखिएको छ भने १२ करोड ६६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]