April 24th, 2017

छ्याङ्दी हाइड्रो पावरले साधारण शेयर निष्कासन गर्ने 

छ्याङ्दी हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्काशनको अनुमतिका लागि कम्पनीलाई नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीलाई शेयर निष्काशनको लागि बाटो खुल्ला भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको निर्माणमा सम्पन्न भएको २ मेगावाटको छ्याङदी खोला साना जलविद्युत् आयोजना सञ्चालनमा छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि शेयर जारी गर्ने भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]