April 11th, 2016

श्रेष्ठले सोमबारदेखि सम्हाले सीईओको कार्यभार 

20160411_105955राष्ट्रिय वाणिज्य बैँकका नवनियुक्त सिईओ किरण श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हालेका छन् । उनी विहान ११ बजे राष्ट्रिय वाणिज्य बैँकको कार्यालय पुगेका हुन् । 

राष्ट्रिय बाणिज्य बैंकको संचालक समितिले आइतबार किरण श्रेष्ठलाई कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नको लागि पत्राचार गरेको थियो । कर्मचारी संचय कोषका सिइओ कृष्णप्रसाद आचार्यको राजीनामा अस्वीकृत भएपछि बैंकले श्रेष्ठलाई सोमबारबाट कार्यभार सम्हाल्नको लागि पत्रचार गरेको थियो । 

यसअघि बैंकले सिईओ पदका लागि आचार्यलाई पहिलो नम्बर र श्रेष्ठलाई बैकल्पीक दाबेदारको रुपमा सारेको थियो । तर कर्मचारी सञ्चय कोषमा प्रशासकको रुपमा कार्यरत आचार्यको राजीनामा अर्थमन्त्री विष्णु पौडेलले स्वीकृत गर्न नमानेपछि दोश्रो पंक्तिका दाबेदार श्रेष्ठ सिइओमा नियुक्त भएका हुन् ।

वाणिज्य बैंक ४ महिनादेखि  सिईओ विहिन अवस्थामा थियो । श्रेष्ठले कार्यभार सम्हालेसँगै यसअघि रोकिएका सबै काम सुचारु हुने वाणिज्य बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]